काठमाडौं । प्रदेश एक पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा आज बिहानैदेखि यातायातका साधन गुडेका छैनन् ।
पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राख्दै समितिले मेची राजमार्गमा यातायात बन्द गरेको जनाएको छ । बन्दका कारण मेची राजमार्ग भएर पहाड जाने र तराई झर्ने यात्रु समस्यामा परेका छन् ।
मेची राजमार्गमा यातायात बन्द गरिदा ताप्लेजुङ्गबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु समस्यामा परेका हुन् । अग्रिम टिकट काटेका यात्रुहरु बुकिङ काउण्टरमा पुगेर रोकिएका छन् ।
संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति जारी गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको जनाएको छ ।
Facebook Comment
Comment