टाटा सुमोको ठक्करबाट बारामा एक युवकको मृत्यु

नेपालभ्युज

काठमाडौं । बाराको जीतपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

गएराति टाटा सुमोले दिँदा मोटरसाइकल चालक वीरगन्जका २७ वर्षीय दीपक शर्माको मृत्यु भएको हो ।

पथलैयाबाट जीतपुरतर्फ आउँदै गरेको सुमोले जेब्रा क्रसिङमा रोकिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर भएका शर्मालाई न्युरो अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा तत्कालै मृत्यु भएको थियो । फरार रहेका सुमो चालकको खोजी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved