इंग्लिस प्रिमियर लिग: वेस्टह्याम र ब्राइटन गोलरहित बराबरी

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग: वेस्टह्याम र ब्राइटन गोलरहित बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै वेस्टह्याम २० खेलबाट ३४ अंका साथ तालिकाको छैठौँ स्थानमा छ ।

ब्राइटन समान खेलमा ३१ अंका साथ सातौँ स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा छ । उसको २० खेलबाट ४५ अंक भएको छ । ४२ अंकका साथ एस्टन भिल्ला दोस्रोमा छ भने म्यानचेस्टर सिटी ४० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved