ईपीएस परीक्षाका लागि फारम भर्ने म्याद २ दिन थपियो

नेपालभ्युज

ईपीएस परीक्षाका लागि फारम भर्ने म्याद २ दिन थपियो

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरेको छ ।

कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो ।

यसअघिको समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएकोमा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको बताइएको छ  ।

आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै पानी जहाज निर्माण क्षेत्रका युवाहरूले गरेको आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved