डेनमार्ककी महारानी मार्गरेटद्वारा पद त्यागको घोषणा

नेपालभ्युज

डेनमार्ककी महारानी मार्गरेटद्वारा पद त्यागको घोषणा

काठमाडौं । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले पद त्यागको घोषणा गरेकी छन् । नयाँ वर्षको टेलिभिजन सम्बोधनमा उनले पदबाट राजिनामा दिने घोषणा गरेकी हुन् । महारानीको निर्णयले सबैलाई आश्चर्यचकित बनाएको छ ।

टेलिभिजन सम्बोधनमा उनले आगामी १४ जनवरीमा औपचारिक राजिनामा गर्ने बताएकी छन् । जनवरी १४ मा उनले शासन सत्ता चलाएको ५२ वर्ष पुग्दैछ । यहि अवसरमा उनले आफ्नो सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताएकी छन् ।

८३ वर्षिय महारानी मार्गरेट संसारको एकमात्र शासन गर्ने रानी हुन् । युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी सन् १९७२ देखि सत्तामा छिन् । पिता फ्रेडरिक IX को निधनपछि महारानी सिंहासनमा बसेकी थिइन् ।
सन् २०२३ को सुरुवातमा ढाडको शल्यक्रियापछि कमजोर देखिएकी महारानीले सत्ता छोरालाई सुम्पिने निर्णयमा पुगेको बताइन्छ । टेलिभिजन सम्बोधनमा महारानीले भनेकी छन् – आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण नयाँ पुस्तालाई जिम्मेवारी छाड्ने उचित समय आएको छ । डेनमार्कका जनताले आफुलाई वर्षौदेखि गरेको समर्थन र सद्भावका लागि आफु कृतज्ञ छु ।

प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले महारानीले देशका लागि गरेको सेवाका लागि धन्यवाद व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved