ज्येष्ठ नागरिकको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यकः मन्त्री आचार्य

नेपालभ्युज

ज्येष्ठ नागरिकको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यकः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईं, वैदेशिक रोजगारीजस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतीहरु थपिएको उल्लेख गर्दै मन्त्री आचार्यले त्यस्ता चुनौतीको समाज सुहाउँदो रणनीति तय गरेर सामना गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चित गर्नका लागि सरकारले सञ्चालन गरेर सेवा–सुविधा सम्बन्धी कार्यक्रमहरु प्रभावकारी रहेको दाबी समेत गरे । मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुका लागि दिइएको सामाजिक सुरक्षासँग सम्बन्धित कामलाई विस्तार तथा गुणस्तरीय बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

‘ज्येष्ठ नागरिकहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरु जस्तै सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरुलाई सेवा, सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरु प्रभावकारी रहेको पाइएको छ ।’ उनले भने ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरुको हितका लागि प्रवुद्ध वर्ग तथा सरोकारवाला निकायको सुझावलाई सरकारले अंगिकार गरेर अघि बढ्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved