भारतीय सार्पसुटर सिंह बारा प्रहरीको नियन्त्रणमा

अन्य तीनजना भने भाग्न सफल

नेपालभ्युज

भारतीय सार्पसुटर सिंह बारा प्रहरीको नियन्त्रणमा

काठमाडौं । भारतबाट नेपाल पसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका भारतीय सुटरलाई नेपाल प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको टाउको दुखाइ बनेका सुजित सिंह अन्ततः बाराबाट पक्राउ परेका हुन् ।

भारत मोतिहारीका सुजितले नेपाल भित्र अपराधीक क्रियाकलाप गर्दै आएको प्रहरीको दाबी छ । उनलाई बारा प्रहरीले एउटा पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको हो । सुजितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको खुट्टामा गोली हानेको थियो ।

दुवै खुट्टामा गोली लागेका सुजितको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

सिंहसहित ४ जनाको टोली नेपाल आउदै छ भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सिंहलाई पक्राउ गर्ने क्रममा अन्य तीन जना भने फरार छन् ।

गत असोजमा एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्ने समूहका मुख्य नाइके नै सिंह रहेको प्रहरीको भनाई छ । स्वर्णकारको हत्यामा सिंहसहित तीनजनाको समूह संलग्न रहेको प्रहरीको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved