३ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

नेपालभ्युज

३ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं ।  न्यायपरिषदले तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ ।

आइतबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले जिल्ला अदालतका तीन न्यायाधीशहरु अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । समितिले प्रारम्भिक अध्ययन  समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्नेछ ।

न्यायपरिषद स्रोतका अनुसार आइतबार नै समिति गठन गर्ने निर्णय भए पनि यसबारेमा विस्तृत रुपमा राजपत्रमा प्रकाशित हुनेछ ।

न्यायपरिषद ऐन, २०७३ (दफा १८) मा कुनै न्यायाधीशविरुद्ध उजुरी परे प्रारम्भिक छानबिन गर्नसक्ने व्यवस्था छ । दफा १८ अनुसार, प्रारम्भिक छानबिन समितिले न्यायाधीशमाथि थप जाँचबुझ गराउन आवश्यक देखेमा जाँचबुझ समिति गठन गराउनसक्ने व्यवस्था अनुसार समिति बनाइएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved