आजदेखि सबै उच्च अदालतमा स्वचालित पेसी प्रणाली

नेपालभ्युज

आजदेखि सबै उच्च अदालतमा स्वचालित पेसी प्रणाली

काठमाडौं। आजबाट देशभरका सबै उच्च अदालत र इजलासमा पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्नेछन् । यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो ।

सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेसी प्रणाली सुरु गरेको थियो । यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved