सभालाई सम्बोधन गर्दै गर्दा रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

नेपालभ्युज

सभालाई सम्बोधन गर्दै गर्दा रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । एक सभालाई सम्बोधन गर्न पोखरा पुगेका उनीमाथि एक युवाले खोया प्रहार गरेका हुन् ।

कार्यक्रममा सहभागीहरुकाअनुसार अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि अगाडिबाट खोया प्रहार भएको थियो । शनिबार पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए ।

लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया लामिछानेमाथि प्रहार गरेको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार खोया प्रहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा छन् ।

सभा चल्दै गर्दा रानाभाट मकै खाँदै थिए । प्रहरीले भने उनले मकै खाइसकेर फाल्ने क्रममा सभा चलिरहेको स्टेजतिर गएको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved