ईएचसीएफलाई डाबर नेपालको २५ लाख रुपैयाँ सहयोग 

नेपालभ्युज

ईएचसीएफलाई डाबर नेपालको २५ लाख रुपैयाँ सहयोग 

काठमाडौं । डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)लाई समर्थन गर्ने संस्था इजी हेल्थ केयर फाउन्डेसन (ईएचसीएफ)सँग ‘अर्थपूर्ण साझेदारी’ बनाएको छ ।

जसअन्तर्गत डाबर नेपालले आफ्नो सीएसआर पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रममा डाबर नेपालकी अध्यक्ष तथा एमडी ईश्वरी राणा र नेपाल र म्यानमार– बिजनेस हेड हरकिरत बेदीले अनुदान हस्तान्तरण गरेका हुन् ।

अनिल पुरी (हेड–एचआर), रोहित रौनियार (निर्देशक–ईएचसीआर) र उज्ज्वल विक्रम थापा (संरक्षक–ईएचसीआर)को उपस्थितिमा ईएचसीआरका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो ।

डाबर नेपाल स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासस्वरुप यस्तो साझेदारी गरिएको कार्यक्रममा जानकारी दिइयो । ‘यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउँछ,’ अध्यक्ष राणाले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved