संसदीय समितिमा सेनालाई प्रश्न- फास्ट ट्रयाकको काम किन स्लो भयो ?

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको प्रगतिबारे सांसदहरुले चासोपूर्वक प्रश्न उठाएका छन् ।

नेपालभ्युज

संसदीय समितिमा सेनालाई प्रश्न- फास्ट ट्रयाकको काम किन स्लो भयो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको प्रगतिबारे सांसदहरुले चासोपूर्वक प्रश्न उठाएका छन् ।

समिति सदस्य सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति स्लो भएको भन्दै सेनाको जवाफ मागेका छन् ।

‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ’, सांसद लामिछानेले भने, ‘अहिले सेनाले पेश गरेको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन चिप्ले किरा ट्र्याक वा कछुवा ट्याक भन्नुपर्छ।’

उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुने पनि बताए ।

त्यस्तै एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले द्रुतमार्गको प्रगति सन्तोषजनक नभएको बताएका छन् ।

समितिमा प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजनाका अधिकारीहरुसँग भएको छलफलमा पाण्डेले २०८३ चैतभित्र निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर पनि सोधेका छन् ।

२०७४ वैशाख १ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो भने १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए । पछिल्लो पटक थप भएको म्यादअनुसार ०८३ चैत मसान्तमा सम्पन्न हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved