अब एमालेले मुलुक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई

नेपालभ्युज

अब एमालेले मुलुक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले अब मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् ।

पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरुको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताए ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रुपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रुपमा अघि बढाउने योजना रहेको पनि बताए ।

उनले मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यवहारिक ज्ञान प्राप्त भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved