त्रिविबाट १२ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

गिनीज बुकका प्रतिनिधि पनि सहभागी हुने

नेपालभ्युज

त्रिविबाट १२ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९ औं दीक्षान्त समारोह गर्दैछ । दीक्षान्त समारोह यस पटक दशरथ रंगशालामा हुदैछ । बिहान १० बजेदेखि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने त्रिविले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाइएको छ ।

यो वर्ष १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुने भएका छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजारभन्दा बढी दीक्षित हुन लागेका हुन् ।

समारोहमा सहभागी हुनका लागि विद्यार्थीहरुले अनलाइन मार्फत आवेदन दिएका थिए ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै एमफील र पीएचडी तर्फ गरी १ सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ ।
विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो । विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजारको संख्यामा उपस्थित हुने अनुमान गरिएको छ ।
यसैबीच,
त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’ आवेदन दिएको छ । यसका लागि ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधि पनि आज हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved