काठमाडौं । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ गर्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने बैठकमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको सुनुवाइ हुन लागेको हो ।
समितिबाट नाम अनुमोदन भएमा उनीहरुको नियुक्ति हुने छ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गरिसकेको छ ।
न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई न्यायाधीशमा प्रस्ताव गरिएको हो ।
Facebook Comment
Comment