काठमाडौं । लिबियाको सामुद्रिक तटमा डुंगा डुब्दा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
लिबियाको जुवारा शहरबाट युरोप पस्ने यात्रामा निस्किएका उनीहरु सवार डुंगालाई सामुद्रिक छाललले बगाएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ । डुङ्गामा ८६ जना सवार भएको बताइएको छ ।
हराइरहेकाको खोजी भइरहेपनि उनीहरुलाई सकुशल उद्दार गर्न सम्भव नरहेको आईओएमको भनाई छ । बालबालिका सहित दर्जनौ मानिस बेपत्ता भएका छन् । भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थान बिन्दु बनेको छ ।
यो वर्ष ट्युनिसिया र लिबियाबाट १ लाख ५३ हजार भन्दा बढी आप्रवासी इटाली पुगेको राष्ट्रसंघीय शरणार्थी एजेन्सीले जनाएको छ ।
आइओएमका अनुसार यो वर्षमात्र समुद्र पार गर्ने क्रममा २२ हजार भन्दा बढी मानिसहरु डुबेका छन् ।
यसरी समुद्र पार गरेर यूरोप पस्ने खोज्ने हरु अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको न्यूज एजेन्सी एपीएफले जनाएको छ ।
यसअघि गत जुनमा, दक्षिणी ग्रीसमा माछा मार्ने क्रममा डुङ्गा डुब्दा कम्तिमा ७८ जनाको मृत्यु भएको थियो भने अन्य १ सय जनाको उद्धार गरिएको थियो ।
Facebook Comment
Comment