प्रहरीको गोली लागेर मृत्यु भएको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

नेपालभ्युज

प्रहरीको गोली लागेर मृत्यु भएको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

बारा । बाराको सिम्रौनगढ नगरपालिका घटनामा मृत्यु भएको विषयलाई लिएर आज पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । नगरपालिकामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो ।

घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्नेलगायतका माग राख्दै मृतकका परिवार तथा आफन्तले राजमार्ग बन्द गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा सिम्रौनगढ नगरपालिका–१ ननसगराढाटका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेजस्त माग राख्दै राजमार्ग बन्द गरिएको हो । प्रदर्शनकारीले सडकमा टार बालेर प्रदर्शन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved