बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैनः अध्यक्ष हमाल

नेपालभ्युज

बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैनः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका  छन् ।

शुक्रवार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नियामक निकायहरुको भुमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए । काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताए ।

बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए । उनले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने बताए ।

उनले भने, ‘बजार फैलिने क्रममा छ । बजारलाई अब हामीले हाम्रो नियामक निकायहरुको हाम्रो भुमिका भनेको बजारको विकासलाई दीर्घकालीन, सस्टेन र संस्टेनिबिलिटी दुई वटा कुरामा जोड्नुपर्नेछ । गभर्नेन्सको प्रोटोकलमा हामीले उल्लेखनीय प्रगति गरिसकेका छौँ ।’ उनले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी लकिङसम्बन्धी सम्पूर्ण डिटेलहरु वेबसाइटमा अपडेट हुनुपर्ने बताए ।

‘हामीले जति फ्रिडम दिनसक्छौँ व्यवसाय त्यति नै राम्रो हुने हो । हाम्रो काम भनेको बजारलाई स्याकल गर्ने होइन । बजारलाई खुला छोड्ने हो तर गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने हो । तर गल्ती गर्छ भनेर अनुमानमा सरकारले कडा नीति ल्यायो भने व्यवसाय फस्टाउँदैन, उनले भने ।’

अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरु केन्द्रित हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved