युक्रेनलाई ईयूको सदस्यता दिने तयारी

नेपालभ्युज

युक्रेनलाई ईयूको सदस्यता दिने तयारी

काठमाडौं । युरोपेली संघ ईयूले युक्रेन र माल्दोभालाई सदस्यता दिने तयारी थालेको छ । यी दुई देशलाई सदस्यता दिने प्रयोजनका लागि इयुले छलफल गर्ने बताएको छ । जर्जियालाई भने युरोपेली संघको सदस्यको उम्मेदवारको मान्यता दिने निर्णय गरेको छ ।

ईयूको यो निर्णयपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा यो निर्णय युरोप र युक्रेन दुवैका लागि जित भएको टिप्पणी गरेका छन् ।

युक्रेनलाई ईयुको सदस्यता दिने तयारी भएपछि हंगेरीले युक्रेनलाई दिने ५० बिलियन युरो सहायता रोकिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved