गुलियोको लालसा कम गराउने योगा

नेपालभ्युज

गुलियोको लालसा कम गराउने योगा

एजेन्सी । कतिपय व्यक्तिलाई गुलियो वा मिठो खाने लत हुन्छ । तर, धेरै गुलियो खानु स्वास्थ्यका लागि नोक्सानदायक हुने गर्छ ।

गुलियोको लालसा भएका व्यक्तिले चाहेर पनि यसबाट छुट्कारा पाउन सक्दैनन् । यस्तोमा गुलियो खान मन लागिरहने व्यक्तिले यो योगासन गर्दा फाइदा हुन सक्छ ।

बालासन

चिनीको क्रेबिंग वा गुलियो खान मन लागिरहने व्यक्तिले त्यसबाट छुट्कारा पाउन बालासनको सहयोग लिन सक्छन् । यसबाहेक यो आसन गर्दा अन्य लाभ पनि पाउन सकिन्छ ।

कसरी गर्ने

यसलाई चाइल्ड पोजको नामले पनि चिनिन्छ । यो गर्न सबैभन्दा पहिला खुट्टालाई मोडेर बज्रासन मुद्रामा बस्नुहोस् ।

त्यसपछि हातलाई माथि लग्नुहोस् र स्वास छोड्दै अगाडितिर झुक्नुहोस् । हत्केलालाई जमिनमा छुँदासम्म झुक्नुहोस् ।

त्यसपछि ठाउकोलाई जमिनमा टेकाएर केहीबेर यही मुद्रामा रहेर आराम गर्नुहोस् । विस्तारै स्वास लिनुहोस् र छोड्नुहोस् ।

दैनिक यस आसनलाई कम्तीमा ५ देखि ७ पटक गर्नुहोस् । यसले रक्तसञ्चार राम्रो हुन्छ, मांसपेशी तन्किन्छन् र बलियो हुन्छन् ।

दैनिक यो गर्नाले गुलियो खाने लालसा कम हुन्छ र तनावबाट पनि राहत पाउन सकिन्छ । यसबाहेक शरीरको भित्री भागमा लचिलोपन आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved