महिला हिंसासम्बन्धी धेरै कानून बनेपनि कार्यान्वयन भएका छैनन्ः उपसभामुख

नेपालभ्युज

महिला हिंसासम्बन्धी धेरै कानून बनेपनि कार्यान्वयन भएका छैनन्ः उपसभामुख
फाइल फोटो

काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरुले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ ।’ उनले भनिन् ।

उनले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताइन् । ‘बिल्डिङ र टावर खोल्दैमा विकास भन्न सकिदैन ।’ उनले भनिन् । उनले महिला हिंसासम्बन्धी धेरै कानून बनेका भएपनि कार्यान्वयनको पाटो कमजोर रहेको बताइन् ।

उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved