रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बस्ने छ । सभापति रवि लामिछाने केहि दिन यता विदेश भ्रमणमा छन् ।

बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने एजेण्डा तय गरिएको सांसद गणेश पराजुलीले बताए ।

आगामी हिउँदे अधिवेशनमा प्रस्तुत हुने संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले पार्टीको धारणा बनाउन बैठक बस्न लागेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved