मधेस सरकारले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई दियो संघर्षको चेतावनी

मधेस प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संघीय कानून निर्माणका लागि संघर्षमा जाने चेतावनी दिएको छ ।

नेपालभ्युज

मधेस सरकारले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई दियो संघर्षको चेतावनी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संघीय कानून निर्माणका लागि संघर्षमा जाने चेतावनी दिएको छ ।

मधेस सरकारले दिएको एक महिने अल्टिमेटम सकिएसँगै आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले यस्तो चेतावनी दिएको हो ।

उनीहरुले निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई एक महिने अल्टिमेटम दिएकोमा कुनै काम नभएकाले संघर्षमा जाने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानूनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री प्रचण्डले टोलीलाई संघीयताको पूर्ण कार्यान्वयनका लागि आ–आफ्नो पार्टीमा पनि पहल बढाउन र दबाब दिन आग्रह गरेका थिए ।

संघर्षका कार्यक्रमलाई रोकेर संयुक्त पहलका लागि आफुलाई सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved