स्वदेशमा उत्पादित आलु र प्याजमा भ्याट नलाग्ने 

नेपालभ्युज

स्वदेशमा उत्पादित आलु र प्याजमा भ्याट नलाग्ने 

काठमाडौं । स्वदेशमा नै उत्पादन गरिएको आलु र प्याजमा भ्याट नलाग्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन गरिएको आलु र प्याजमा भ्याट नलाग्ने प्रस्ट पारेको हो ।

विभागको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने ब्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

स्वदेशमा उत्पादन गरिएको आलु र प्याजमा भ्याट लगाइएको भन्दै व्यवसायीहरूले केही दिनदेखि आलु र प्याज बिक्री वितरणमा रोक लगाएका थिए । व्यवसायीहरूले आलु र प्याज बिक्रीमा प्रतिबन्ध गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र प्याजका स्टलहरू खाली हुन थालेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved