गाजामा मानवीय संकट चुलिँदै, गम्भीर बन्न राष्ट्रसंघको चेतावनी

नेपालभ्युज

गाजामा मानवीय संकट चुलिँदै, गम्भीर बन्न राष्ट्रसंघको चेतावनी

काठमाडौं । इजरायलको आक्रमणका कारण गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई सचेत गराएका हुन् ।

महासचिव गुटेरेसले इजरायली बमबारी र अत्यावश्यक आपूर्तिको अभावका कारण गाजाको सार्वजनिक व्यवस्था पूर्ण रूपमा खलबलिएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले महामारी फैलिन सक्ने र छिमेकी देशहरूमा सामूहिक विस्थापनको लागि दबाब बढ्न सक्नेमा सदस्य राष्ट्र सचेत हुन ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच, इजरायलले गाजामा मानवीय संरचना जोगाउदै महामारीको प्रकोपलाई रोक्न न्यूनतम इन्धन आपूर्तिका लागि अनुमति दिन सहमति जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved