खाणलाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा ८ दिनपछि पेशी

नेपालभ्युज

खाणलाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा ८ दिनपछि पेशी

काठमाडौं । दुईजना न्यायाधीशबीच राय बाझिएका कारण नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जेल परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्दाको सुनुवाइ सरेको छ । उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको हो ।

खाणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बीचमा राय बाझिएको थियो ।

दुई जना न्यायाधीशबीच राय बाझिएका कारणले तेस्रो इजलासमा मंसिर २८ मा पेशी तोक्ने अदालतले निर्णय गरेको हो।

न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलास मा राय बाझिएको थियो ।

उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved