अहिलेको सरकारले छिमेकीसँग ठाडो शिर गरेर कुरा गर्नै सक्दैन : ओली

नेपालभ्युज

अहिलेको सरकारले छिमेकीसँग ठाडो शिर गरेर कुरा गर्नै सक्दैन : ओली
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने विषयमा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबीसमेत गरे ।

‘अहिले राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनता निहुरिएको अवस्था छ । र, नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन’, उनी भन्छन् ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved