एजेन्सी । दालचिनीको पातलाई एउटा भाँडोमा राखेर कोठामा जलाउनुहोस् । त्यसपछि देखिने दृष्यले तपाईंलाई हैरान बनाउनेछ ।
खासगरी दालचिनीको पात कोठामा जलाउँदा यसले वास्ना त दिन्छ नै साथमा यसले तनाव पनि कम गर्छ । यस्तै दालचिनीको पातलाई भान्छामा जलाउँदा पनि विभिन्न फाइदा हुन्छन् ।
रातको समयमा भान्सामा एउटा दालचिनीको पात जलाउँदा दिमाग शान्त हुन्छ । यसलाई जलाउँदा आउने गन्धले थकान र चिडचिडाहट पनि कम हुन्छ ।
दालचिनीको धुँवालाई इम्यून सिस्टम बलियो बनाउनका लागि पनि जानिन्छ । यस्तो पनि मान्यता छ कि यसले आसपासको वातावरणमा दुषित कणलाई पनि नष्ट गर्छ ।
दैनिक रातमा भान्सामा दालचिनीको पात जलाउँदा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यसले घरको हरेक प्रकारको नकारात्मक ऊर्जालाई टाढा भगाउँछ ।
यदि तपाईंलाई नराम्रो सपनाले सताउने गर्छ भने पनि सुत्नुअघि भान्सामा दालचिनीको पात जलाउँदा फाइदा हुन्छ । यसले नकारात्मकता कम हुन्छ जसले गर्दा नराम्रो सपना देखिँदैन ।
यदि कसैको घरमा नराम्रो नजरले सताइरहेको छ भने रातको समयमा भान्सामा ल्वांगसँगै दालचिनीको पात जलाउनु पर्दछ । यसले नकारात्मक शक्ति कम हुन्छ ।
प्रायः जीवनमा बिनाकारण पनि तनाव आउने गर्छ । यसबाट छुट्कारा पाउनका लागि तपाईं दैनिक रातमा भान्सामा दालचिनीको पात जलाएर धुँवा बनाउनुहोस् ।
Facebook Comment
Comment