गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

नेपालभ्युज

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा श्रेष्ठको शल्यक्रिया गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले स्थीर छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा को एन्जिओप्लास्टी गरिएको बताइएको छ । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पतालमा मुटुको उपचार गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved