आजको मौसम : कहाँ– कहाँ हिमपात र वर्षा ?

नेपालभ्युज

आजको मौसम : कहाँ– कहाँ हिमपात र वर्षा ?

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना छ । पहाडी र उच्च पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको उच्च सम्भावना छ ।

महाशाखाका अनुसार आज बिहान कोसी, मधेस प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागका केही क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved