के बच्चाको जन्म अघि गर्भवती महिलाले धेरै कुराकानी गर्नुपर्छ ?

नेपालभ्युज

के बच्चाको जन्म अघि गर्भवती महिलाले धेरै कुराकानी गर्नुपर्छ ?

एजेन्सी । आवश्यक भन्दा धेरै कुरा गर्ने वा बोल्ने मानिसलाई आम रुपमा कुरौटे वा धेरै कुरा गर्ने भनिन्छ । तर कहिलेकाँही धेरै कुरा गर्नु पनि फाइदाजनक हुन सक्छ ।

खासगरी एक अध्ययनमा पाइएको छ कि गर्भवती महिलाले धेरै कुराकानी गर्नुपर्दछ । यस्तो किन भने बच्चाले जन्म लिनु अघिदेखि नै भाषा सिक्न सुरु गर्दछ । अध्ययनअनुसार बच्चाको मस्तिष्क पेटभित्रै पनि बाहिरको आवाज सुन्ने बित्तिकै सक्रिय हुन थाल्छ ।

शोधकर्ताका अनुसार यस्तो क्रियाकलाप ५ देखि ७ महिनाको गर्भावस्थाबाट सुरु हुने गर्छ । साथमा बच्चाले सबैभन्दा धेरै आफ्नो आमाको भाषा मन पराउँछ ।

यो अध्ययन फ्रान्सको पेरिस डेसकार्टेस र इटलीको पडोवा यूनिवर्सिटीका शोधकर्ताले गरेका हुन् । यसका लागि एक देखि पाँच दिनसम्ममा ३३ जना नवजात शिशुको मस्तिष्कको विश्लेषण गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved