एकीकृत समाजवादीमा महाधिवेशनको मिति सार्नेबारे छलफल, निर्णय भोलि

नेपालभ्युज

एकीकृत समाजवादीमा महाधिवेशनको मिति सार्नेबारे छलफल, निर्णय भोलि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठक सकिएको छ । बैठकमा महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल भएको पार्टी प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक भोलि फेरि बस्ने छ ।

उनका अनुसार माघमा गर्ने भनिएको महाधिवेशन सार्न नेताहरु सहमति नजिक पुगेका छन् तर कुनै निर्णय भएको छैन । भोलिको बैठकले ठोस निर्णय गर्नेछ ।

‘आज हामीले महाधिवेशनबारे छलफल गर्यौं । त्यसबारे थप निर्णय भोलि गर्छाैं। भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ’, उनले भने ।

एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनको बहानामा महाधिवेशनको मिति सार्ने प्रयास भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved