घाँटीमा भगवानको माला लगाउनु कति सही ?

नेपालभ्युज

घाँटीमा भगवानको माला लगाउनु कति सही ?

एजेन्सी । धेरैजसो मानिसले घाँटीमा सुन, चाँदीका चेन/माला लगाउने गर्दछन् । धार्मिक विचार अनुसार भगवान तथा देवीदेवताका लकेट पनि लगाउने गर्दछन् । यस्तो गर्नु कति सही छ ? आउनुहोस् जानौं ज्योतिष विज्ञले यसबारेमा के भन्छन् ।

शास्त्रका अनुसार भगवानको लकेट घाँटीमा लगाउनबाट बच्नुपर्छ । लकेट बाहेक अन्य भगवानसँग जोडिएका कुनै पनि वस्तु धारण गर्नु हुँदैन ।

घाँटीमा भगवानको लकेट लगाउनु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकी भगवानको आराधना सफा मन तथा शरीरले गरिन्छ । सम्पूर्ण दिन वा हरेक समय हामीले शारीरिक शुद्धतालाई ध्यान दिन सक्दैनौं । त्यसैले घाँटीमा भगवानको लकेट लगाउनु हुँदैन ।

बिहानदेखि साँझसम्म कैयौं अशुद्धतासँग गुज्रिने भएकाले पनि भगवानलाई यसरी लगाउन नहुने शास्त्रहरुमा भनिएको छ ।

भगवानलाई एकदमै धेरै पवित्र मानिन्छ । घाँटीमा त्यो लगाउँदा त्यसको पवित्रता जोगाउनु एउटा चुनौती बराबर हो । यदि फोहोर तथा अशुद्ध चीजले त्यसलाई छोइएको खण्डमा लकेटको शक्ति नष्ट हुने मान्यता छ ।

त्यसैले पनि भगवानसँग जोडिएका वा भगवानको मूर्ति भएका लकेट लगाउनु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved