एजेन्सी ।अहिले पनि खाना हामी हातले नै धेरै खाने गर्छौं । कतिपयले चम्चाको प्रयोग पनि गर्दछन् । यस्तोमा तपाईंको मनमा आउन सक्छ खाना चम्चाले खान ठिक कि हातले ? आज यही विषयमा जान्ने कोसिस गरौं ।
आयुर्वेदका अनुसार हातले भोजन गर्नुका धेरै लाभ हुन्छन् । भनिन्छ हाम्रो हातका पाँच औंला पाँच तत्व समान हुन्छन् । औंलामा अग्नी, पृथ्वी, आकाश, वायु र जलसँग जोडिएको हुन्छ । यस्तो पनि मान्यता छ कि यदि हामीले हातले खाना खायौं भने कति खाने भनेर अनुमान पनि लगाउन सकिन्छ ।
हातले भोजन गर्दा हाम्रो पेट भरिनुका साथै औंलाको कसरत पनि हुन्छ । यसले रक्तसञ्चार राम्रो हुन्छ । आयुर्वेद मान्ने हो भने हातले भोजन गर्नाले खानाको स्वाद धेरै मिठो हुन्छ । साथमा यसरी खाँदा भोजन छिटो पच्ने समेत बताइन्छ ।
हातले भोजन गर्नुका धेरै लाभ हुन्छन् । तर, खाना खानुअघि हात धुन भने एकदमै जरुरी हुन्छ । यसले तपाईंको हातमा रहेका किटाणुहरु सफा हुनेछन् ।
Facebook Comment
Comment