गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालभ्युज

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।  काभ्रेको धुलिखेलमा शनिबार बिहान गाडीले  ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

धुलिखेल नगरपालिका- ११ पात्लेखेतमा भकुन्डेबेंसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको गाडीको ठक्कर बाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका धिताललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

गाडी र सवारी चालक दुवै प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved