घरमा पाल्नुहोस् यी ५ जीव, बढ्नेछ धन सम्पत्ति

नेपालभ्युज

घरमा पाल्नुहोस् यी ५ जीव, बढ्नेछ धन सम्पत्ति

एजेन्सी । प्रायः मानिस आफ्नो घरमा कुकुर, बिरालो जस्ता जनावर पाल्छन् । केही व्यक्तिलाई पशुपंक्षी पाल्ने रहर पनि हुन्छ भने गाउँघर तथा ग्रामीण क्षेत्रमा गाई भैंसी बाख्रा जस्ता जनावर पालिन्छ ।

हिन्दु धर्ममा केही यस्ता जीव पालेको खण्डमा घरमा धन लाभ हुने पनि बताइएको छ । जानौं ती जीव केके रहेछन् ?

माछा

वास्तुअनुसार माछालाई घरमा पाल्नाले घरमा सुख शान्ति बनिरहन्छ । सुनौलो रंगको माछालाई राख्नाले घरलाई नराम्रो नजरबाट बचाउन सकिन्छ भन्ने मान्यता छ ।

कुकुर

हिन्दु धर्मका अनुसार घरमा कुकुर पाल्ने गरेमा व्यक्तिका अशुभ ग्रह पनि शुभ ग्रहमा परिवर्तन हुने गर्दछन् । यसका साथै आर्थिक स्थितिमा पनि तीव्र गतिमा सुधार हुने बताइएको छ ।

खरायो

घरमा खरायो पाल्नु पनि एकदमै शुभ मानिएको छ । यो घरमा एकदमै सुहाउने पनि देखिन्छ साथमा घरमा शुद्धता बनिरहन्छ । खरायो पाल्नाले घरबाट नकारात्मकता टाढा भाग्छ ।

कछुवा

घरमा कछुवा पाल्नु पनि शुभ मानिन्छ । यसले बिग्रेको काम बन्दै जाने मान्यता छ । यसका साथ कछुवालाई भाग्यशाली चिन्हको रुपमा पनि मानिन्छ । यसले तपाईंको जीवनमा वैभव तथा ऐश्वर्यमा वृद्धि गराउँछ ।

घोडा

घरमा घोडा पाल्नु पनि एकदमै शुभ तथा भाग्यशाली मानिन्छ । आमरुपमा मानिसहरु घोडा पाल्दैनन्, त्यसैले घरमा यसको मुर्ती वा चित्र राख्ने गरिन्छ ।

घरमा घोडाको मुर्ती वा तस्वीर मात्र राख्नाले पनि ग्रहहरुको शुभ प्रभाव पर्ने तथा जीवनमा सफलता प्राप्त हुने मान्यता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved