केपी ओली कपमा मधेसका हरिशंकर शाह बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

नेपालभ्युज

केपी ओली कपमा मधेसका हरिशंकर शाह बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

काठामाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशका कप्तान हरिशंकर शाह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन्।

उनले प्रतियोगितामा कुल १० विकेट लिए। यससँगै उनले २५ हजार रुपैयाँ पाएका छन्। फाइनलमा आर्मीलाई पराजित गर्न हरिशंकरले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन्। सोही अनुरुप उनी ‘म्यान अफ द म्याच’ पनि चुनिए। जसको लागि उनले थप ५ हजार रुपैयाँ प्राप्त पाए।

बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने भने ‘बेस्ट बलर’ घोषित भए। उनले ३ खेलमा १० विकेट लिए। उनले २० हजार रुपैयाँ प्राप्त गरे। ऋत गौतम भने ‘बेस्ट ब्याटर’ घोषित भए। उनले ३ खेलमा १७० रन बनाए। उनले पनि २० हजार रुपैँया प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved