घरेलु मैदानमा विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने

नेपालभ्युज

घरेलु मैदानमा विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आइसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताको पहिलो सिरिज नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो सिरिज नेपालमा आयोजना हुने जानकारी गराएको हो।

पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ। सिरिजमा फागुन ५ (फेब्रअरी १७) देखि सुरु हुने त्रिकोणात्मक सिरिजमा हरेक टोलीले २ खेल खेल्नेछ।

टेस्ट टोलीसँग २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको नेदरल्यान्ड्स भने लिग २ मा झरेको हो।

लिग–२ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, ओमान, युएई, स्कटल्यान्ड, क्यानडा र अमेरिका रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved