गाजामा हमला : तीन घण्टामा ३२ जनाको मृत्यु

नेपालभ्युज

गाजामा हमला : तीन घण्टामा ३२ जनाको मृत्यु

काठमाडौं। इजरायलले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीच ३ घण्टाअगाडि सुरु भएको लडाईंमा परी गाजामा ३२ जनाको मृत्यु भएको हमासको अधीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

हमासले सम्पूर्ण बालबालिका र महिलालाई स्वतन्त्र गर्ने समझदारीमा खरो उत्रन नसकेको इजरायल रक्षा बल आईडीएफले जनाएको छ।

हमासले सम्झौता भङ्ग गरेको आरोप लगाउँदै इजरायले शुक्रबार बिहानदेखि गाजाको उत्तर र दक्षिण क्षेत्रमा आक्रमण सुरु गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved