केपी ओली कप फाइनल : मधेसले दियो आर्मीलाई १३६ रनको लक्ष्य

नेपालभ्युज

केपी ओली कप फाइनल : मधेसले दियो आर्मीलाई १३६ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १३६ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३५ रन बनायो।

मधेसको लागि विशाल पटेलले अविजित ४९ रनमा अविजित रहे। सो क्रममा उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकर शाहले २७ रन जोडे।

आर्मीको लागि शाहब आलम र विवेक यादवले ३–३ तथा सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved