युद्धविराम भंगपछि गाजामा इजरायली आक्रमण, ६ प्यालेस्टिनीको मृत्यु

नेपालभ्युज

युद्धविराम भंगपछि गाजामा इजरायली आक्रमण,  ६ प्यालेस्टिनीको मृत्यु
फाइल फोटो

काठमाडौं। इजरालले गाजामा गरेको हवाइ आक्रमणमा परी करिब ६ प्यालेस्टिनीको मृत्यु भएको छ।

शुक्रबार बिहान भएको हवाईं आक्रमणमा परी गाजाको दक्षिणी क्षेत्रमा रहेको रफाह सहरमा करिब ६ प्यालेस्टिनीको मृत्यु भएको हमासको अधीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

गाजाको उत्तरी क्षेत्रमा भएको हावइ आक्रमणमा २ बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमासले युद्धविरामको सम्झौता भंग गरेको आरोप लगाउँदै इजराली सेनाले हवाइ आक्रमण सुरु गरेको थियो।

यो शत्रुताले पुनः निरन्तरता पाएमा सीमा क्षेत्रमा मानवीय संकट उत्पन्न भइ अत्यावश्यक वस्तुको अभाव हुने सम्भावना बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved