काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाश शरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् ।
बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरूले सोचेको भन्दा बलियो रहेको बताए । लोकतान्त्रिक मूल्य र मान्यता र कानुनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेको उनको भनाई छ ।
‘अप्ठ्याराहरू त देशमा धेरै खाले छन् । त्यो अप्ठ्याराहरूलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ, ‘उनले भने ‘जनताबाट स्थापित यो सिस्टम यो यति कमजोर छैन । यसको पक्षमा ठुलो जनमत छ ।’
उनले कर्जा लिएर अनुत्पादक क्षेत्रमा लगानी गर्ने र तिर्दिन भन्नेलाई नछोडिने बताए । तर, कोशिस गर्दा गर्दै पनि समस्यामा भएकाहरूलाई राज्यले हेर्नुपर्ने उनको धारणा छ ।
Facebook Comment
Comment