केपी ओली कप : एमबीएसए–ब्लुमाथि कोशीको जित

नेपालभ्युज

केपी ओली कप : एमबीएसए–ब्लुमाथि कोशीको जित

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी एमबीएसए–ब्लुलाई पराजित गरेको छ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा कोशीले एमबीएसए–ब्लुलाई ९ विकेटले पराजित गरेको हो। ६८ रनको झिनो लक्ष्य कोशीले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। कोशीका लागि सोनु अन्सारीले ३५ र मिनाश थापाले १८ रनमा अविजित रहे। कप्तान अंकित सुवेदीले १४ रन बनाए। एमबीएसएको लागि शुभम खनालले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको एमबीएसए १७.५ ओभरमा ६७ रनमा अलआउट भयो। एमबीएसएका लागि अर्जुन रायमाझीले २४ तथा मेहूल श्रेष्ठ र अभय यादवले १०–१० रन बनाए। कोशीको लागि सर्वन यादवले ३, कमल खत्री तथा फिर्दोश अन्सारीले २–२ तथा सोनु मण्डल, मिनाश थापा र गौरव कटुवालले १–१ विकेट लिए।

समूह डी बाट लगातार २ जित निकालेको त्रिभुवन आर्मी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेको छ। अब पहिलो सेमिफाइनलमा बागमती प्रदेश र आर्मी आमनेसामने हुनेछन्। दोस्रो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

दुवै सेमिफाइनलका विजेताबीच उपाधिको लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved