हत्केलामा कोठी हुनु शुभ हो कि अशुभ ?

नेपालभ्युज

हत्केलामा कोठी हुनु शुभ हो कि अशुभ ?

एजेन्सी । हरेक व्यक्तिको शरीरमा फरक फरक स्थानमा कोठी हुने गर्छ । सामुद्रिक शास्त्रलाई मान्ने हो भने हरेक कोठीको कुनै न कुनै अर्थ हुन्छ ।

यदि कसैको हत्केलामा कोठी छ भने जानौं यो कति शुभ र अशुभ हुन्छ ?

भनिन्छ, हत्केलाको कोठी यदि मुट्ठी बन्द गर्दा देखिँदैन भने यसलाई एकदमै शुभ मानिन्छ । यसले धनवान हुने संकेत दिन्छ । समुद्रशास्त्रका अनुसार कोही व्यक्तिको सूर्य पर्वत अर्थात काँइली औंलाको तल कोठी छ भने त्यसलाई राम्रो मानिँदैन ।

काँइली औंलाको तल भएको कोठीको अर्थ सूर्यसँग सम्बन्धी क्षेत्र जस्तै सामाजिक विषय, सरकारी विषय तथा जागिरमा तपाईंलाई समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

त्यस्तै हत्केलाको चन्द्रपर्वतमा कोठी छ भने मन अशान्त रहने समुद्रशास्त्रले बताउँछ । साथमा त्यस्ता व्यक्तिलाई प्रेममा पनि धोका हुने सम्भावना रहन्छ ।

कोही व्यक्तिको कान्छी औंलामा कोठी छ भने त्यसले शुभ संकेत दिन्छ । यसको अर्थ हुन्छ कि उनीहरु धनसम्पत्ति तथा आर्थिक मामलामा सुखी हुन्छन् । साथमा उनीहरुको भाग्य पनि राम्रो हुने बताइएको छ ।

हत्केलाको बीचको औंलामा कोठी हुनुलाई पनि राम्रो मानिन्छ । यसको अर्थ त्यो व्यक्तिको जीवनमा सुखशान्तिसँगै धनसम्पत्ति पनि आउने बताउँछ । जो व्यक्तिको वायाँ हातको हत्केलामा कोठी हुन्छ त्यस्तो व्यक्तिले धेरै धन कमाउने मान्यता छ । साथमा उनीहरु एकदमै खर्चालु हुने भएकाले बचत भने गर्न सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved