थप एकदिन युद्धविराम गर्न इजरायलको प्रस्ताव, हमास सकारात्मक

नेपालभ्युज

थप एकदिन युद्धविराम गर्न इजरायलको प्रस्ताव, हमास सकारात्मक

काठमाडौं। इजरायलले थप एकदिन युद्धविराम गर्ने प्रस्ताव गरेको छ। इजरायलले अन्य १० बन्धक रिहा गर्न थप १ दिनको युद्धविराम प्रस्ताव गरेको हो।

प्यालेस्टिनी अतिवादी समूह हमासले भने सो प्रस्तावप्रति सकारात्मक विचार व्यक्त गरेको छ। हमासले एक इजरायली नागरिकलाई छोड्दा इजरायलले ३ प्यालेस्टिनी कैदी छोड्दै आएको छ।

बीबीसीका अनुसार थप २०–४० इजरायली बन्धकलाई स्वतन्त्र हुनसके अस्थायी युद्धविराम २ देखि ४ दिन लम्बिन सक्नेछ। दर्जनौँ बालबालिकासहित करिब १८० मानिस गाजाको नियन्त्रणमा रहेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि युद्ध राम लम्बिने सम्भावना भएको बताए।

युद्धविराम भएसँगै गाजामा राहत सामग्री भित्रिने क्रम बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved