कपुरको सहयोगमा यसरी बनाउनुहोस् लामो कपाल

नेपालभ्युज

कपुरको सहयोगमा यसरी बनाउनुहोस् लामो कपाल

एजेन्सी । लामो र बलियो कपाल धेरै महिलालाई मन पर्छ । तर गलत खानपान, जीवनशैली, तथा विभिन्न कारणले कपाल झर्ने, टुक्रिने तथा लामो नहुने समस्या आम भइसकेको छ ।

यस्तो अवस्थामा तपाईंले कपुरको सहयोगले पनि लामो तथा बलियो कपाल बनाउन सक्नुहुन्छ ।

अन्डा र कपूर

कपाल बलियो बनाउन काँचो अन्डासँग कपूर मिसाएर लगाउन सक्नुहुन्छ । यसको मिश्रणलाई कपालमा १५ देखि २० मिनेट राख्नुहोस अनि स्याम्पुले धुनुहोस् ।

कपूर र नरिवल तेल

कपूर र नरिवलको तेलले कपाल झर्ने समस्या कम हुन सक्छ । यसलाई बराबर मात्रामा मिसाएर हल्का हातले कपाल मालिस गर्नुहोस् जसले कपाल बाक्लो र बलियो हुनेछ ।

कपूर र जैतुन तेल

कपूरसँग जैतुनको तेल पनि राम्रो हुन्छ । यसले कपाल झर्न रोक्नुका साथै छिटो लामो हुनेछ । यो मिश्रणलाई जरादेखि सम्पूर्ण कपालमा लगाउनुहोस् ।

कपूर र एलोवेरा

कपूर र एलोवेरालाई मिसाएर कपालमा लगाएर २० मिनेटसम्म छोड्नुहोस । त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । यसले चायाँको समस्या कम हुनुका साथै कपाल लामो हुनेछ ।

कपूर र मेहेन्दी

कपालमा मेहेन्दी लगाउने समयमा कपूरलाई मिसाएर पनि लगाउन सक्नुहुन्छ । यसले मेहेन्दीसँगै कपूरले गर्ने फाइदा पनि प्राप्त हुनेछ । जसले गर्दा कपाल झर्ने तथा टुक्रिने समस्या कम हुन्छ ।

कपूर र कागती

विशेष गरी जाडोमा चायाँको समस्या अत्यधिक हुने गर्छ । यस्तोमा कपूरमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा चायाँको समस्या कम हुनेछ । जसले गर्दा कपाल झर्न स्वतः कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved