सरकारले मुलुकमा विद्यमान अराजकतालाई नियन्त्रण गर्न नसकेको ओलीको आरोप

नेपालभ्युज

सरकारले मुलुकमा विद्यमान अराजकतालाई नियन्त्रण गर्न नसकेको ओलीको आरोप

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गरे ।

नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गरे । गल्ती गर्नेहरु खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताए ।

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved