मिथिलाञ्चलमा सामा चकेवाको रौनक, दाजुभाइको दीर्घायूका लागि गीत गाउँदै दिदीबहिनी

नेपालभ्युज

मिथिलाञ्चलमा सामा चकेवाको रौनक, दाजुभाइको दीर्घायूका लागि गीत गाउँदै दिदीबहिनी

जनकपुर । स-साना माटाका आर्कषक मूर्तीहरू बनाइ मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा बैग्लै रौनक छाएको छ ।

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनादेखि सुरु भई १० दिनसम्म मनाइने यो पर्वमा मिथिलाञ्चलकी चेलीबेटीले दाजुभाइको दीर्घायूको कामना गर्ने गर्दछन् ।

कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ ।

सामा चकेवामा श्रीमान श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन् । यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमले प्रशंसासमेत गर्ने गर्दछन् ।

कार्तिक पूर्णिमाका दिन बहिनीले आफ्नो भाइलाई निमन्त्रणा दिन्छिन् । भाइले घुँडामा राखेर सबै मूर्ती तोड्छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ ।

बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । सामा चकेवा पर्वलाई भाइबहिनी बीचको अगाध प्रेमको प्रतीकको रुपमा लिइन्छ ।

पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको मैथिलीका साहित्यकार एवं सञ्चारकर्मी श्यामसुन्दर शशी बताउँछन् ।

पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेशको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको शशीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved