नेपालद्वारा गाजामा भएको युद्धविरामको स्वागत, विपिनको तत्काल रिहाइका लागि आह्वान

नेपालभ्युज

नेपालद्वारा गाजामा भएको युद्धविरामको स्वागत, विपिनको तत्काल रिहाइका लागि आह्वान

काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो ।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ ।

बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved