बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति

नेपालभ्युज

बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति

जेनेभा । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताएका छन् ।

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने पनि सम्झौतामा उल्लेख छ ।

राष्ट्रपति हर्जोगले यस सम्झौताका बारेमा इजरायली नागरिकहरूको आपत्तिलाई ‘बुझ्न सकिने, पीडादायी र कठिन’ तर स्वभाविक प्रतिक्रिया भएको बताएका छन् ।

हर्जोगले भने, “परिस्थितिलाई ध्यानमा राख्दै बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको साथ अगाडि बढ्ने प्रधानमन्त्री र सरकारको निर्णयलाई समर्थन गरिएको छ ।”

“यो एक नैतिक कर्तव्य हो जसले बन्दी बनाइएकाहरूको स्वतन्त्रता सुरक्षित गर्ने यहूदी र इजरायली मूल्यलाई सही रूपमा व्यक्त गर्दछ”, उनले भने, “सबै बन्धकहरूलाई घर फर्काउने पहिलो कदम हुन आशाका साथ गरिएको सम्झौता हो ।

“इजरायल (राज्य), आईडीएफ, र सबै सुरक्षा बलहरूले इजरायलका नागरिकहरूको पूर्ण सुरक्षाको बहालीको साथसाथै यो लक्ष्य प्राप्त गर्न हर सम्भव तरिकाले कार्य जारी राख्नेछन्,” हर्जोगले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved